घान्द्रुकका मीन गुरुङ फेवातालमा मृत फेला
पाेखरा | जेठ १३, २०८०
पोखरा: घान्द्रुकका मीन गुरुङ फेवातालमा मृत फेला परेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका ६३ वर्षीय मीन गुरुङ आज (शनिबार) फेवातालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका २३ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा तालमा डुबेर बेपत्ता भएका गुरुङ मृत फेला परेको कास्की प्रहरीले जनाएको छ । घान्द्रुक घर भएका गुरुङ पोखरा महानगरपालिका १४ चाउथे बस्दै आएका थिए । गुरुङको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

